Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा


    शुक्रबार, भाद्र १७ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ ।आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीतओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

    ‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । गायक लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ, मुसुक्क नेमा, हुलाकी दाई, हुक्का,भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीतसार्वाधिक चर्चामा छन । गीतलाई एच.बी सुनारले रचना र संगीत गरेका हुन भने शाहस शाक्यले संगीत संयोजन गरेका हुन ।

    गायक रन्जित लामाको स्वर रहेको उक्त गीतमा फिमेल भोकलमा मन्जु उपाशना बिकले साथ दिएका छन । गीतलाई प्रकाश मिश्रले ध्वनी
    सम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरेका हुन ।

    भिडियोमा गायक लामा पहिलोपटक देखिएका हुन । उनीसँगै मोडल स्मारिकाढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन । भिडियोलाई प्रेमलामाले छायांकन र निर्देशन गरेका हुन ।

    fdddg.JPG
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार