Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज भदौ १७ गते शुक्रवारको राशिफल


    शुक्रबार, भाद्र १७ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्ने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि हुनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रेमीको सहयोग पाइनेछ । वैदेशिक कार्य पनि अघि बढ्ला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज धार्मिक कार्यमा रुचि बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मनमा उत्साहको कमी देखिनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला, तर मान्यजनको आशीर्वादले काम गर्नेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ न् । बौद्धिक कार्यमा सफलता मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

    हाम्रो  पात्रोबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार