Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या अभियोगमा जेल रहेका मोहम्मद पनि उम्मेदवारमा सिफारिस


    बिहिबार, भाद्र १६ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम पनि आसन्न निर्वाचनका लागि उम्मेदवारी हुने भएका छन् । विष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट-२ बाट संघीय संसदको उम्मेदवार सिफारिस भएका हुन् ।

    कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम र उनीसँगै अञ्जु झाको पनि नाम सिफारिस गरेको हो।

    आलम हाल ललितपुरको नक्खु कारागारमा रहेका छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा बिचाराधीन छ । रौतहट(२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या गरेको अभियोग लागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार