काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले दिएको म्याद आज सकिदै छ ।
महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए ।
भृकुटीमण्डपमा रहेको फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाउको थियो ।पत्रमा भनिएको छ, ‘पटक(पटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’ तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क शिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ । पछिल्लो समय काठमाडौं महानगरले काठमाडौं उपत्यकामा अनुमति बेगर बनेका अबैध संरचना हटाउने, ट्राफिक व्यवस्थापन लगायतका काममा सक्रियता देखाउदै आएको छ ।