Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै 


    बिहिबार, भाद्र १६ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । 

    प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि टुंगोमा पुग्न सकेको छैन् । 

    नेपाली काँग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । गठबन्धन शीर्ष नेताहरुबीच आसन्न निर्वाचनका लागि सिट बाँटफाँटको विषयमा सहमति नजिक पुगेको बताइन्छ । त्यसको लागि आजै गठबन्धन दलहरुको बैठक समेत बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार