Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डसहित माओवादीका केन्द्रीय नेता सुर्खेत जादैँ 


    बिहिबार, भाद्र १६ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुर्खेत जाने भएका छन् ।  पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु सुर्खेत जान लागेका हु्न् । 

    वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय शक्ति बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’  पनि आउने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसीले जानकारी दिए ।

    उनकाअनुसार प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय समितिदेखि माथिल्लो तहका नेताहरु सहभागी हुनेछन् । पार्टीका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्माले विमा समितिको प्रदेश कार्यालयको उद्घान गरेर कार्यक्रममा सहभागी हुने तालिका रहेको उपाध्यक्ष जिसीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार