Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्याधीशसँग बयान लिने


    बिहिबार, भाद्र १६ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । 

    बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर, बयान नसकिएपछि उनको आज पनि बयान हुने भएको हो । 

    समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो । तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । 

    उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको दाबी गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार