Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँट सहमति नजिक पुगेको दाबी, भोली अर्को बैठक बस्ने


    बुधबार, भाद्र १५ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । आज साँझ ५ बजेदेखि शुरु भएको बैठक ८ बजे सकिएको हो । 

    बैठकबारे जानकारी दिदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धन शीर्ष नेताहरुबीच आसन्न निर्वाचनका लागि सिट बाँटफाँटको विषयमा सहमति नजिक पुगेको बताए ।  कार्कीले भोलि बिहान ११ बजे बस्ने गठबन्धनको बैठकले सिट बाँडफाँटबारे एउटा ठोस निष्कर्ष निकाल्ने दाबी गरे । सबै मोडालिटीअनुसार भागबण्डा हुने र कुन पार्टीले कति छोड्ने भन्नेबारे न्यायोचित ढंगले निर्णय गरिने उनको भनाइ छ । 

    नेपाली काँग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । आज पनि सबैले यही संख्यामा दाबी गरेको बैठकमा सहभागी नेताहरु बताउँछन् । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार