Nepal Face
  • आइतबार, १० साउन २०८३
  •    ‘जिग्री ब्रो’ले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै 


    बुधबार, भाद्र १५ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेल( जिग्री)ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो ।

    अब उनी छिट्टै नै स्वतन्त्र उमेद्वारी घोषणा गर्न साथिभाइसँग तयारी छलफलमा जुटेका छन्।

    अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नरहेका उनी जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने भएका छन्। कट्टेल पनि झापा–५ कै मतदाता हुन् ।

    अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको र उनले स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना देखाएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार