Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •   निलम्बित प्रधानन्यायाधीशसँग बयान लिन सुरु भयो


    बुधबार, भाद्र १५ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत १ फागुनमा सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाएको महाअभियोगबारे महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ ।  राणा निर्धारित समयमै सिंहदरवार पुगे पनि दुई घण्टा पछि मात्र बैठक सुरु भएको हो । 

    जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।

    उक्त ११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा. शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन्  ।

    cholendra5_NzMHN81Nx2.jpg
    undefined
    cholendra3_hCSVxRcS5F.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार