Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समितिमा बयान दिन सिंहदरबार पुगे


    बुधबार, भाद्र १५ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा तोकिएको समयमै सिंहदरबार पुगे पनि बैठक भने सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षा गरेका छन्। 

    अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेकोजस्ता आरोप लगाउँदै गत १ फागुनमा सत्ता गठबन्धनले चोलेन्द्रविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । सोही सिफारिस समितिले पहिलो पटक राणासँग बयान लिन लागेको हो । 

    जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनि फागुन १ गतेदेखि निलम्बित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार