Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कान हत्या प्रकरणः हत्या आरोपी छुटाउन रत्ननगरका मेयर सापकोटाको दौडधूप, प्रहरीलाई दबाब


    बुधबार, भाद्र १५ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चितवन । साढे तीन महिनाअघि कान भनिने अनिल परियारको विभत्स हत्या गरेको आरोपमा फरार मध्येका थप एक आरोपी पक्राउ परेका छन् । कान हत्याका आरोपी प्रदीप भट्टलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट सोमबार पक्राउ गरी भरतपुरमा ल्याएको छ । चितवन प्रहरीले भट्टको बारेमा अनुसन्धान गरिरहेको छ । तर उनीमाथि अनुसन्धान नै नगर्न प्रहरीमाथि राजनीतिक दबाब परेको छ । उनी राजनीतिक दबाबमै छुट्ने चलखेलमा लागेका छन् ।

    पक्राउ परेका भट्टबिरुद्ध यसअघि पनि एक दर्जन भन्दा बढी मुद्दा छन् । प्रहरी स्रोतका अनुसार भट्टलाई पक्राउ गरिसकेपछि उनलाई छुटाउनका लागि प्रहरीमाथि दबाब परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीलाई भट्टलाई छाड्न नेपाली कांग्रेसका नेताहरु नै सक्रिय भएका छन् ।

    हत्या आरोपी भट्टलाई छुटाउनका लागि सबैभन्दा बढी दबाब रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले दिएका छन् । सापकोटाले मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनमै पुगेर भट्टलाई छाड्न एसपी अधिकारीलाई दबाब दिएका छन् । प्रहरीको अभिलेखमा भट्ट फिरौतीका घटनामा पनि मुछिदै आएका अभियुक्त हुन् ।

    चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङको भित्री पक्की पिच सडकमा गएको वैशाख २५ गते मोटरसाइकलमा आएका व्यक्तिहरूले कानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । 

    प्रहरीले घटनामा पक्राउ परेका भरतपुर–१५ बस्ने ३५ बर्षीय बिश्व भन्ने हेमन्त बास्तोला र वडा नम्बर १२ बस्ने २३ बर्षीय राहुल परियारलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । पक्राउ परेकामध्ये माडी नगरपालिका घर भई हाल भीमदत्त नगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २५ बर्षीय रोहित सिलवाल धरौटीमा रिहा भइसकेका छन् । घटनामा संलग्न दुईजना फरार थिए । ती मध्ये भट्टलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी सोमबार चितवन लगेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार