Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने


    बुधबार, भाद्र १५ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्ने भएको हो । 

    प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन् । 

    नेपाली काँग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सोही कारण शिर्ष नेताहरुको बैठकले भागबण्डामा टुंगो लगाउन नसकेपछि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो । शिर्ष नेताहरुको निर्देशन अनुसार कार्यदलको बैठक आज फेरी बस्न लागेको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार