Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निलम्बित प्रधानन्यायाधीश जबराको आज बयान लिइने 


    बुधबार, भाद्र १५ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको आज बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो ।

    १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २२ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले आज पहिलो पटक बयान लिने भएको हो । 

    जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार