Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टी–ट्वान्टी सिरिजमा नेपालले जित्यो केन्यालाई


    मंगलबार, भाद्र १४ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । टी–ट्वान्टी सिरिजमा नेपालले जित्यो केन्यालाई जितेको छ । केन्याविरुद्धको ५ खेलको टी–ट्वान्टी  सिरिज नेपालले जितेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको अन्तिम टी–ट्वान्टी खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो ।

    एक सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । केन्याको लागि नेहेम्याह ओधियाम्बोले ३७ र इरफान करिरमले २८ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा करन केसी, मोहम्मद आदिल आलम, र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए ।

    मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । दुई राष्ट्रबीचको ३ खेलको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार