काठमाडौं । नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।
अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।
गत ३० चैतदेखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।