काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
आज मंगलवार साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको हो ।
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्न बोर्डले दिउँसा ३ :३० बजे बोर्ड बैठक बोलाएको छ । कक्षा १२ को परीक्षा गत जेठ १६ गते सुरु भएर २६ जेठमा परीक्षा सम्पन्न भएको थियो ।