Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त


    सोमबार, भाद्र १३ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री नियुक्त भएका छन्।  

    आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा रातो कामीलाई कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार नियुक्त गरेका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री नियुक्त भएका हुन्।

    मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख तिलक परियारले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन्।

    शाह जाजरकोटका समानुपातिकतर्फका सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार