Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता विधेयक : विधायन समितिमा छलफल जारी, कसले के भने ?


    सोमबार, भाद्र १३ २०७९
    885
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएको विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । 

    राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि आज सोमबार छलफल भएको हो । 

    प्रतिनिधिसभासले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको सन्देशसहितको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले आइतबार मात्र विधायन समितिमा पठाएको हो । 

    राष्ट्रिय सभाले पठाएकै भोलिपल्ट सोमबार विधायन समितिमा छलफल सुरु भएको हो । 

    छलफलमा कसले के भने ‘जस्ताको तेस्तै ‘?

    देवेन्द्र दाहाल

    नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ  ।                                 

    बिमला राई पौड्याल 

    प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।             

    भगवती न्यौपाने

    गहन रुपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।                 
     
    भैरव सुन्दर श्रेष्ठ 

    विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयक जस्तो विषयमा छिटो छिटो भनेर हँुदैन ।  हामीले पहिले पनि संशोधन हालेका थियाैँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ  । यसलाई प्रक्रियागत रुपमा लैजाऔँ । लोकतान्त्रमा बहुमत र अल्पमत हुन्छ । बिगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।     

    प्रमिला कुमारी  

    जन्मसिद्धको सन्तान अनागरिक छन् । यहि कुरा नै मुख्य हो अबिलम्ब पारित गरौँ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार