Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने


    सोमबार, भाद्र १३ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौं भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । 

    बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न भनेका हुन् । 

    यसैगरी,  बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने निर्णयसमेत बैठकले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार