काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच सोमबार पनि छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछिल्ला दिनका तुलनामा सकारात्मक रहेको स्रोतले बताएको छ ।
आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच कुराकानी भएको थियो । छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए। प्रचण्डले र झलनाथले विगतको जस्तो राजीनामा बाहेकको कुरा गरेकाले प्रम ओलीले ‘इन्ट्रेष्ट’ दिएर कुरा गरेको स्रोतको दावी छ ।
अहिले भने प्रचण्ड र खनालले स्थायी समिति बैठकमा आफ्नो कुरा लैजाने र बैठक टुग्याउने प्रस्ताव राखेका छन् । तर ओली भने राजीनामाको माग पूरै त्याग्नुपर्ने र त्यो कुरा बैठक अघि नै सहमति गर्नुपर्नेमा अडिक रहे । नेम्वाङ भने प्रमको भनाइमा सही थाप्न मात्र बैठकमा बसेको ती स्रोतले बताएका छन् ।
आजको बैठक धेरै लामो नचलेपनि मंगलबार पुनः बैठक गर्ने सहमति भएको थाहा भएको छ । बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend