काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच सोमबार पनि छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछिल्ला दिनका तुलनामा सकारात्मक रहेको स्रोतले बताएको छ ।
आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच कुराकानी भएको थियो । छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए। प्रचण्डले र झलनाथले विगतको जस्तो राजीनामा बाहेकको कुरा गरेकाले प्रम ओलीले ‘इन्ट्रेष्ट’ दिएर कुरा गरेको स्रोतको दावी छ ।
अहिले भने प्रचण्ड र खनालले स्थायी समिति बैठकमा आफ्नो कुरा लैजाने र बैठक टुग्याउने प्रस्ताव राखेका छन् । तर ओली भने राजीनामाको माग पूरै त्याग्नुपर्ने र त्यो कुरा बैठक अघि नै सहमति गर्नुपर्नेमा अडिक रहे । नेम्वाङ भने प्रमको भनाइमा सही थाप्न मात्र बैठकमा बसेको ती स्रोतले बताएका छन् ।
आजको बैठक धेरै लामो नचलेपनि मंगलबार पुनः बैठक गर्ने सहमति भएको थाहा भएको छ । बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend