काठमाडौँ । बुटवलमा खोलाले बगाउँदा एक जना वृद्धा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका–११ मझुवाकी ७० वर्षीया रुद्र पङ्गेनी क्षेत्री रहेका छन्।
उनलाई शनिबार साँझ भैसी चराएर फर्कने क्रममा बुटवल–१२ स्थित सतगढी खोलाले बगाएको थियो । खोलाले बगाई बेपत्ता भएका क्षेत्रीको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।