काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनधिकृत संरचना हटाउने अभियानलाई कायम राख्दै आज बनस्थली-ढुंगेधारामा पनि अवैध संरचना भत्काउन लगाएका छन् । महानगरले डोजरको प्रयोग गरेर अनुमति विना बनाएका घर तथा टहरा भत्काइएको हो ।
बनस्थली ढुंगेधारातर्फ बाटो छोएर बनाइएका फलामे भर्याङ र टहरा भत्काएको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।
यसअघि पनि महानगरले गत बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना र त्रिपुरेश्वरस्थित राहदानी विभागका अवैध टहरा भत्काएको थियो ।