काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्दै आएको कार्यप्रति नेकपा एमालेका युवा नेता महेश बस्नेतले गुनासो पोखेका छन्। मेयर बालेनले हिजो मात्र राजधानीको मुख्य स्थान बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्समा नियम विपरीत संरचना बनाएको भन्दै आफै एक्सनमा उत्रिएर डोजर चलाएका थिए। यस क्रियाकलापले हिजोबाट सामाजिक सञ्जालमा व्यापक धमाका मच्चिएको छ ।
सोही विषयलाई लिएर एमाले नेता महेश बस्नेत र मेयर साहबीच सामाजिक सञ्जालमा वार सुरु भएको हो ।
बस्नेतले अल्फाबिटा कम्प्लेक्समा महानगरले डोजर चलाएको विषयमा आफू र एमाले अध्यक्ष ओलीसँग सिवाकोटीले खिचाएको तस्वीर सेयर गरेका छन्। उनले उक्त फोटो सेयर गर्दै यस्तो लेखेका छन् ,’ एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरेँ खुसी लाग्यो । बालेन शाहले अल्फाबिटा कम्प्लेक्स, माथी डोजर किन लगाएको?, हामीसँग नजिक भएर अर्थात् फोटो लिएको कारण ?, तपाईँलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला ।
बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर चर्काचर्की भएको थियो।
‘तपाइँलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई चेतवानी दिएका छन्।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend