Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने


    शुक्रबार, भाद्र १० २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    शीर्ष नेताहरुले १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । 

    बिहिवार बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार