Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाडे ब्यापारी खत्रीलाई छुटाउन शक्तिकेन्द्रमा हारगुहार


    आइतबार, साउन १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले शनिबार राति जुवा अखाडामा छापा मारी ब्यापारी बिष्णुबहादुर खत्री, गोबद्र्धन श्रेष्ठ लगायतका १२ जना ब्यापारुीलाई पक्राउ गरेको छ । महाराजगंजस्थित नारायण पौडेलको घरमा जुवा खेल्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो । जुवा अखाडाबाट ३ लाख १२ हजार मात्रै नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ । नारायण पौडेलसहितका ब्यापारीहरु जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारे पनि उनी भने पक्राउ परेका छैनन् ।

    जुवाखालमा पक्राउ परेका बिष्णु खत्री र गोबद्र्धन श्रेष्ठ विगतमा तातोपानी रुटमा ब्यापार गर्ने ब्यापारी हुन् । उनीहरु दुवैको नाम रक्तचन्दन, सुन र डलर कारोबारमा पनि मुछिने गरेका छन् । रक्तचन्दन, सुन र डलर तस्करीबाट अथाह आर्जन गरेका बिष्णु खत्री र गोबद्र्धन श्रेष्ठहरुले हाइड्रोपावरमा पनि लगानी गरेका छन् । शिवश्री हाइड्रोका मुख्य लगानीकर्ता विष्णु खत्री हुन् । शिवश्री हाइड्रोपावरका अध्यक्ष बच्चु पौडेल हुन् । नारायण पौडेल र बच्चु दाजुभाइ हुन् । खत्री पक्राउ परेपछि उनलाई छुटाउन बच्चु पौडेल नेकपाका नेताहरुकोमा हारगुहार गर्न पुगेका छन् । उनी खत्री छुटाउनका लागि आइतबार बिहानै शक्तिकेन्द्रमा पुगेका थिए ।  तर प्रहरीले  जुवाडेको ५ दिन म्यादथप गरिसकेको छ ।

    खत्री नेपाली कांग्रेसबाट गएको प्रदेशसभामा उम्मेदवार थिए । तर प्रदेश सभाको उम्मेदवार भए पनि खत्रीले भनेजति पैसा ननिकालेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत उनीसँग रुष्ट थिए । खत्री र बस्नेतको दूरी चुनावयता बढेको अहिलेसम्म पनि राम्रो छैन । र, अहिले कांग्रेस सत्तामा नभएकाले नेकपा नेताहरुकोमा हारगुहार गर्न बच्चु पौडेलहरु सक्रिय भएका छन् । बच्चु पौडेल विगतमा कांग्रेस भए पनि पछिल्ला दिनमा नेकपाको निकट भएका छन् । ब्यापारमा एक ठाउँमा भएकाले बच्चु पौडेल र उनका भाइ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल पनि खत्री छुटाउन लागेका छन् । 

    यसअघि ठेकेदार गेल्जे शेर्पा जुवा खालमा पक्राउ परी जिल्ला प्रशासन कार्यालयबाट छुटे पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पुनः पक्राउ गरेको थियो । सम्पत्ति शुद्धिकरणबाट १५ लाख धरौटीमा शेर्पा छुटेका थिए । त्यसै भएकाले ब्यापारी खत्री बिरुद्ध पनि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्ने भएको छ । उनी अबैध रुपमा सुन, रक्तचन्दन र डलर तस्करीमा पनि मुछिएकाले सम्पत्ति शुद्धिकरणले अनुसन्धान विभागले उनलाई छानबिन गर्ने पक्का जस्तै रहेको विभागका एक अधिकारी बताउँछन् । जुवा प्रकरणमा छुट्नासा खत्रीहरु बिरुद्ध सम्पत्तिले अनुसन्धान गर्ने निश्चित जस्तै छ ।

    यसैबीच, खत्रीले सुन, डलर र रक्तचन्दनबाट आर्जित कालोधन शिवश्री हाइड्रोपावरमा लगानी गरेका छन् । बैंकका उच्च अधिकारीसँग मिलेर खत्री मुख्य लगानीकर्ता रहेको शिवश्री हाइड्रोपावरले माथिल्लो चाकु ए आयोजनाको निर्माण गरिरहेको छ । २२ मेघावाटको शिवश्री हाइड्रोपावरको सेयर विवाद समाधान हुनसकेको छैन । शिवश्रीले सेयर निष्कासन गरेको प्राथमिक सेयर सर्वसाधारणलाई बाँडफाट गरेपछि अन्डराइटरको विवाद थप बढेको थियो । जुन विवाद अझै समाधान हुन सकेको छैन ।

    जुवा खेलाउने घरधनी नारायण पौडेल डलर अपचलन गरेको आरोपमा जेल बसेर छुटेका हुन् । उनले पर्सा र सोलुको ग्रामीण भेगका ब्यक्तिको नाममा कम्पनी दर्ता गरी ऊन आयात गर्ने भनेर अमेरिकी डलर हङकङ तस्करी गर्ने गरेर्का िथए । एकै दिनमा ५ पटकसम्म डलर तस्करी गर्ने गरेको तर ऊन आयात नगरेको पाइएपछि उनलाई नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको थियो । तर अदालतका न्यायाधीश सेटिङ गरी उनी एक बर्षमै छुटेका थिए । नारायण पौडेल र उनका भाइ बच्चु पौडेल हुन्डी कारोबारी पनि हुन् । नारायण र बच्चुका परिवारका सदस्य सुमन पौडेल पनि सुनतस्करीमा सामेल छन् । उनी हुन्डीका पनि ठूला कारोबारी हुन् ।

    सुमनले न्यूरोडमा रहेको एक सहकारीमार्फत् हुन्डी कारोबार गर्ने गर्दछन् । सुमनले भारतसम्म पुर्याउन चिनियाँ ब्यापारीहरुको सुन क्यारिङ गरी आफैंले लुट्न लगाई धोका दिदं्रै फाइदा लिएर रातारात करोडौं आर्जन गर्न सफल भएका छन् । लकडाउनअघिसम्म पौडेलको समूहले भारतबाट चीनमा रक्तचन्दन तस्करी गर्दैआएको थियो ।

    तस्वीरः माथिबाट नारायण पौडेल, राजकुमार पौडेल, तल्लो लहरमा बिष्णुबहादुर खत्री र बच्चु पौडेल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार