Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  ५२ स्थानीय तहले अझै पेश गरेनन् बजेट 


    बिहिबार, भाद्र ९ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। देशका ७ सय ५३ पालिकामध्ये हालसम्म ५२ वटा स्थानीय तहले आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि अझै बजेट पेश गर्न सकेका छैनन् । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेका हुन् । 

    हालसम्म चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् । 

    कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले मात्र बजेट पेश गरिसकेका मन्त्रालयले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार