Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निहारिका प्रकरण : डीएनए परीक्षण गर्न उच्च अदालतले दियो निर्देशन 


    बुधबार, भाद्र ८ २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै निहारिका न्याय माग्दै आएकी थिइन् । 

    उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

    आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै जिल्ला अदालत धनुषाले सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । 

    जिल्ला अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटक-पटक अनशन बस्दै आएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार