Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता


    बुधबार, भाद्र ८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ । उक्त भएको भेटवार्तामा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    यस भेटको क्रममा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको स्रोतले बताएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार