काठमाडौं। आगामी हुने प्रतिनिधिसभाको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि पहिलो पटक आज बिहान अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवन पुगेका हुन् ।
चितवन पुग्नुअघि उनको कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार उनी आज एकै दिन ५ वटा कार्यक्रममा सहभागी हुनेछन्, जसमध्ये तीन वटा शिलान्यास कार्यक्रम छन् ।
आजै पुल उद्घाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम पनि राखिएको छ । प्रचण्डले बरुवाबजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेनी अजिंगरे सहिदपुर गंगटे सडक शिलान्यास, हुलाकी सडक अन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन, र माडी ठोरी सडक खण्डको उद्घाटन गरिसकेका छन् ।
प्रचण्डको बुधबार नै माडी क्षेत्रमा बजेट छुट्याएका अन्य दुई दर्जनभन्दा बढी आयोजनास्थलको अवलोकन गर्ने कार्यक्रम रहेको माडीका पूर्व नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए। उनी आजै सबै कार्यक्रम सकाएर गठबन्धनको बैठकका लागि काठमाडौं फर्कदैछन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend