काठमाडौँ । अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा भीड लागेको छ।
सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रामलखन मुखिया, शम्भुनाथका मेयर जितेन्द्रप्रसाद गुप्ताले सोमबार स्पष्टीकरण बुझाएका छन्। सप्तकोसीका मेयर कृष्णप्रसाद ढकाल र रूपनीका अध्यक्ष दिनेशकुमार यादवले मंगलबार अन्तिम दिन जसरी पनि स्पष्टीकरण बुझाउने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन अधिकारी रमेशकुमार जोशी बेलुका ७ बजेसम्म पनि स्पष्टीकरणका पत्र मिलाउँदै थिए। ‘३ सय ७ जनाले बुझाए। खर्च विवरण बुझाउनेभन्दा स्पष्टीकरण बुझाउने बढी हुने देखियो’, जोशीले भने। जिल्ला निर्वाचन कार्यालय सप्तरीले भदौ १ गते सात दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो।
कञ्चनरूप–६ का वडाध्यक्ष बच्चुलाल चौधरीले खर्च विवरण बुझाएको तर बिल भौचर संलग्न नभएका कारण निर्वाचन कार्यालयले नगरपालिका कार्यालयमा फिर्ता पठाएकोबारे कर्मचारीबाट जानकारी नै नभएको बताए। अन्नपूर्ण पोस्टबाट
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend