Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गठबन्धनको सिट बाँडफाँट बिहिबार टुंगो लाग्ने 


    मंगलबार, भाद्र ७ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक भोली पुनः बस्ने गरी बिनानिष्कर्ष सकिएको हो । 

    बैठकमा सहभागि भएका जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार गठबन्धन दलहरुबिच बिहीबार सम्म सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ  । 

    बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक बुधवारका लागि सारिएको नेता सिटौलाले जानकारी दिए । स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत  सिट बाँडफाँटको आधार बनाएर छलफल भैरहेको उनले बताए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार