Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरे


    मंगलबार, भाद्र ७ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने तोडफोड गर्ने मध्ये ५ जना बन्दकर्ता पक्राउ परेका छन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका हुन्।  

    बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्याएको चितवन प्रहरीले जनाएको छ। 

    उक्त तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार