Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लवविरुद्धका दजनौँ मुद्दा फिर्ता नहुने


    मंगलबार, भाद्र ७ २०७९
    795
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका ३२२ मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ । १२ फागुन ०७७ मा केपी ओली सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न नसकिने गृह मन्त्रालयले जनाएको छ ।

    यस्ता मुद्दा फिर्ता लिन अदालतले स्वीकृत दिनुपर्ने भएकाले तत्काल नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न नसकिने कानुनमन्त्री गोविन्द शर्मा बन्दीले जानकारी दिए ।

    तत्कालीन सरकार र नेकपाबीच सो पार्टीका नेता कार्यकर्ताविरुद्ध लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति भएको थियो । त्यसयता सरकार र विप्लव नेतृत्वको नेकपाबीच मुद्दा फिर्ताका सम्बन्धमा पटक–पटक वार्ता भएका छन् । 

    जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता भएका राजनीतिक प्रकृतिका ६ सय १० मध्ये पाँच सय २३ मुद्दा फिर्ता भइसकेका छन् । बाँकी ८७ वटा फर्स्योटका क्रममा छन् । 

    गृहमन्त्री बालकृष्ण खाणले विप्लव समूहविरुद्धका राजनीतिक प्रकृतिका अधिकांश मुद्दा फिर्ता भएको बताए । ‘विप्लव समूहविरुद्धका जिल्ला प्रशासन कार्यालयमा ६ सय १० मुद्दा दर्ता भएका थिए । पटक–पटकको वार्तापछि पाँच सय २३ मुद्दा फिर्ता भएका छन् । बाँकी ८७ वटा फर्स्योटको चरणमा छन्,’ उनले भने । तर, अदालतको प्रक्रिया प्रवेश भएका र नकारात्मक सूचीमा परेका अपराधसँग सम्बन्धित मुद्दा भने कुनै पनि फिर्ता हुन सकेका छैनन् । नयाँ पत्रिका दैनिकबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार