काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको बिषय उठाउन थालेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्नका लागि ओलीले राष्ट्रवादको ढोङ देखाउन थालेका छन् । उनले आजमात्रै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्ने सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको दोहो¥याएका छन् ।
यद्यपि ओलीले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न रोकेको आरोप छ । उनले नक्सा छापिएको किताव समेत बितरणमा रोक लगाई भारतलाई रिझाउन बाँकी भने राखेका थिएनन् । २०७७ असोजमा नापी बिभागले भूमिब्यवस्था विभागमा ब्ुझाएको नक्सा ओलीले सार्वजनिक गर्नबाट रोक लगाएका थिए । नक्सा सार्वजनिक गर्न रोक लगाएलगत्तै २०७७ कात्तिक ५ को मध्यराति ओलीले सामन्त गोयललाई भेट गरेका थिए । त्यसपछि उनले पार्टीभित्र एकपक्षीय रुपमा निर्णय गदै जान थाले । अन्ततः २०७७ पुस ५ मा प्रतिनिधिसभा नै बिघटन गरी भारतकै सहयोगमा जसपा विभाजन गरी सरकार गठनको प्रक्रियामा लागेको कुरा घामजत्तिकै छर्लङ्ग छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको आरोप लगाएका छन् ।
सोमवार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको बताए । तर एमालेले होइन, तत्कालीन नेकपाले नेपालको भूभाग समेटेर नक्सा जारी गरेको जगजाहेर बिषयलाई ओलीले फेरि आफूले गरेको दाबी गरेका छन् ।
नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend