काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रश्ताव गरेको छ ।
आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रश्ताव अघि सारिएको बताएका छन् । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लडन कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रश्ताव गरिएको बताए । उनले निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिन्ह मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताए ।
सञ्चारकर्मीहरुले निर्वाचनमा उम्मेदवार लिएका राजनीतिक दलको मात्रै चुनाव चिन्ह मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने प्रश्नको जवाफमा उनले यसरी निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सौद्धान्तिक र व्यवहारीक रुपमा ठिक नभएको बताए । उनले जुन पार्टीको उम्मेदवार निर्वाचनमा भाग लिन्छ त्यही पार्टीको निर्वाचन चिन्ह मात्रै राख्ने आयोगको धारणा भएको भन्दै कुनै दललाई लक्षित गरेर गर्न नखोजिएको स्पष्ट पारे ।
प्रवक्ता पौडेलले निर्वाचन आचार संहिताको विषयमा सबै राजनीतिक दलहरुको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिए। उनले आयोजले राजनीतिक दलका सबै सुझावहरुलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताए ।उनले भने,‘तीन वटा विषयमा केन्द्रित भएर छलफलमा बोलाइएको हो ।
एउटा आगामी निर्वाचनको तयारीका सन्दर्भ,खर्चको सीमाको विषयमा छलफल भयो । अर्को छलफलबाट टुङगो लगाउने गरी छोडिएको छ । निर्वाचन आचार संहिता २०७९ लाई विभिन्न राजनीतिक दलका आगामी निर्वाचनका लागि सल्लाह सुझाव लिएर निर्वाचन आचार संहिता परिमार्जन,संशोधन गर्नको लागि राजनीतिक दलहरुसँग छलफल भएको छ । छलफलमा राजनीतिक दलहरुबाट मिश्रित सुझावहरु प्राप्त भएका छन । आयोजले सबै सुझावहरुलाई मनन गरेर विश्लेषण गरेर आयोगले राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ । निर्वाचन आयुक्तले सबै राजनीतिक दलहरुको सुझावको स्वागत गर्दै सुझावलाई समावेश गर्न मिल्नेसम्म समावेश गरेर सुधार गर्ने प्रकाशित गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचार संहिता बनाएर उल्लंघन गर्ने निर्वाचन आयोग होइन । राजनीतिक दल र उमेम्दवारहरुले नै हो । राजनीतिक दलहरुले आचार संहिता पालना गर्ने जिम्मेवारी लिन निर्वाचन आयुक्तले ध्यानाकर्षण गराए । आयोगले निर्वाचन अनुगमनको लागि केन्द्रदेखि जिल्लासम्म गरेको छ । त्यहाँ कारबाही गरेको घटनाहरु धेरै छन । आयोगले १५० भन्दा बढीलाई कारबाही गरेको छ । कानून अनुसार सचेत गराउनुलाई पनि कारबाही भनिन्छ । पदिय हैसियतमा निर्वाचन प्रचारप्रसारमा जान हुँदैन भनेर मस्यौदामा प्रावाधान रहेको छ । यो विषय दलहरुको फरक फरक सुझाव आएको छ । राजनीतिक दलहरुबाट नै आउने गरेको छ । निर्वाचनमा खर्च धेरै भयो । उम्मेदवार भएपनि निर्वाचन लडन समस्या भयो भन्ने भनाईलाई मनन गरेर २५ जनासम्म भेला भएर प्रसारप्रसार गर्नुपर्ने आयोगको घारणा हो । उम्मेदवार नभएको व्यक्ति वा राजनीतिक दलको चुनाव चिन्ह राख्ने कुरा हुँदैन । जो निर्वाचनमा भाग लिँदैन उसको चुनाव चिन्ह राख्न सौद्धान्तिक र व्यवहारिक रुपमा समेत ठिक छैन । जुन पार्टीको उम्मेदवार निर्वाचनमा भाग लिएको हुन्छ त्यही पार्टीको निर्वाचन चिन्ह राखेर जाने हो । यसमा कुनै दललाई लक्षित गरेर गर्न खोजिएको विषय होइन ।’
प्रवक्ता शर्माले निर्वाचन आयुक्तले सबै राजनीतिक दलहरुको सुझावको स्वागत गर्दै सुझावलाई समावेश गर्न मिल्नेसम्म समावेश गरेर सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आयुक्तले राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन आग्रह गरेको पनि बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend