Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘मिसेस नेपाल ग्ल्याम २०२२’ को आवेदन खुल्ला


    सोमबार, भाद्र ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। लामो समयदेखि विभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले विगतका वर्ष झै यो वर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी दिएको छ। 

    यस प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन आगामी ११ भदौमा बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाहनेले अनलाइनमार्फत तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

    शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको विजेताले उपाधिका साथमा विभिन्न अवसर गिफ्ट पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । 

    ‘मिसेस नेपाल ग्ल्यामको उपाधि २०१८ अलाइजा महर्जन, २०१९ मिनु प्रधान र २०२१ मा उर्मिला कार्कीले जितेकी थिइन् । प्रतियोगीताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल’ का अलवा बिभिन्न प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार