Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप गिरिको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्‍यो 


    सोमबार, भाद्र ६ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

    सिरहा–५ बाट २०५१ को संसदीय चुनावमा निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

    घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार