Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्मचारी समायोजनसम्बन्धी मुद्धाको फैसला भोली 


    सोमबार, भाद्र ६ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्धाको निर्णय भोली लिने भएको छ । 

    कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो।

    अदालतले आइतबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्धाको फैसला मंगलबार सुनाउने भएको छ । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यहि भदौ ७ गते मंलबारका दिन फैसला गर्ने मिति तय भएको हो । 

    कर्मचारी समायोजन सम्बन्धी परेका ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाई सकेर फैसलाका लागि आइतबार मिति निर्धारण गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार