Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • महानगरले लियो एक्सन, हटाउन थाल्यो अण्डरग्राउण्ड पार्किङका पसल


    सोमबार, भाद्र ६ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को एउटा एक्सन लिदैं महानगर क्षेत्रमा रहेका अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउन सुरू गरेको छ ।

    नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा बानेश्वर क्षेत्रमा रहेका त्यस्ता पसलहरू हटाउन चेतावनी दिइरहेका छन् । सो क्रममा बानेश्वर प्लाजाको अण्डरग्राउण्ड पार्किङका पसल खाली गराइएको छ ।

    अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगर आजदेखि स्थलगतरूपमा कारबाहीमा उत्रिएको हो ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यस्ता संरचना हटाउन अटेर गरेको पाइए तत्काल कारबाही थालिने विषयमा यसअघि नेपाल प्रहरी र ट्राफिक अधिकारीसँग सल्लाह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार