Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाहोरो नागरिकताधारी भारतीय नागरिकमाथि कारबाहीमा आलटाल


    सोमबार, भाद्र ६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • वीरगन्ज । दोहोरो नागरिकता लिएर नेपालको नागरिकता ऐनको धज्जी उडाएको भन्दै कारबाहीका लागि परेको उजुरीमा हालसम्म पनि पर्सा जिल्ला प्रशासनले आलटाल गर्दैआएको छ ।

     दोहोरो नागरिकताधारीहरु गणेशप्रसाद साह तेली, उनका तीन छोराहरु क्रमशः सन्तोषकुमार साह तेली, संजितकुमार साह तेली र राजनकुमार साह तेली गरी चारै जनाबिरुद्ध ब्यासप्रसाद साहले उजुरी दिएका थिए । ब्यासप्रसाद साहले उनीहरुले झुटा ब्यहोराका आधारमा लिएको नेपाली नागरिकताको प्रमाणपत्र, भारतीय निर्वाचन आयोगको परिचयपत्र राखेर उजुरी दिएका थिए । ब्यासप्रसाद साह गणेशप्रसाद साह तेलीका सहोदर दाजु हुन् ।

    उजुरी छानविनका लागि बयान गर्न उपस्थित नै नभएको भन्दै आएको जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पक्राउ गरी उपस्थित गराएको तथ्य खुल्न आएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा पत्रकारसँग कुरा गर्दा आफूले प्रक्रियागत रुपमा अघि बढेको बताए पनि उपस्थित व्यक्तिहरु चारै जनालाई कुनै एक जना टेलिभिजनका पत्रकारले जिम्मा लिएर छुटाएको बुझिन आएको छ । पर्सा जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङको समयका मात्रै ७८ वटा दोहोरो नागरिकताका फाइल कारबाहीका क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । 

    दोहोरो नागरिकता लिएको विषयमा प्रष्टरुपमा प्रमाण हुँदाहुँदै पनि नागरिकता खारेजीमा ढिलाइ हुनु प्रशासनको गम्भीरता नभएको प्रष्ट हुन्छ । गणेश साह तेलीका भारतमा भएका घरजग्गा मतदाता परिचयपत्र र नेपालको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत उजुरीमा प्रमाण्का रुपमा राखिएको  छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा दाजु ब्यासप्रसाद साहले २०७९ साल असार २० गते गरेको उजुरीमा दर्ता नम्बर २१८२ रहेको छ । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाबाट २०७९ असार २१, असार २९ र साउन १६ गते पत्र गएको देखिन्छ । तर, छानविनका लागि के कति प्रगति भयो ? सरकोकारवालालाई समेत गुमराहमा राखिएको छ । दोहोरो नागरिकता लिएका भारतीय नागरिकहरुकै कारण अपराध बढिरहेको छ । उनीहरुले नेपालका बैंकहरुबाट धितो मुल्यांकनमा अनाआवश्यक लालच, प्रलोभन र घुस दिएर अबौं रकम ऋण लिएका छन् । दोहोरो नागरिकताधारीहरु नेपालमा ब्यवहार दिवालिया भएको देखाएर विदेशमा भाग्ने गर्दछन् । राज्य भने त्यसमा बेखबर बनिरहेको छ । 

    आलटाल गराउनकै लागि चलखेल 

    दोहोरो नागरिकताधारीहरुलाई कारबाहीको दायरामा ल्याउने कार्यमा ढिलाइले नेपालको प्रशासन कमजोर रहेको पुष्टि गरिरहेकोे छ । भारतीय प्रशासन पनि नेपालकै व्युरोक्रेसी जस्तै नेपालबाट पठाएका पत्रहरुको समयमा जवाफ नदिई झुलाएर राख्ने गर्दछ । त्यसकारण दोहोरो नागरिकताधारीहरु उत्साहित हुँदै आएका छन् । दोहोरो नागरिकताधारी गणेश प्रसाद साह तेलीले साविक मधुवन गाउँ पञ्चायत वडा नम्बर ४ बाट प्रमाणपत्र नम्बर ५८९४१४०७ को नेपालको जन्मसिद्ध नागरिकता लिएका थिए । उनकी श्रीमतीको अहिले पनि भारतीय आइडी छ । 

    त्यसैगरी उनका छोराहरु सन्तोषकुमार साहको उही ठेगानाबाट ५३८२३६ प्रमाणपत्र नम्बरको बंसजको नागरिकता, सन्जितकुमार साहको ३४–०१–६९–००७२१ को बंसजको नागरिकता र कान्छा छोरा राजनकुमार साह तेलीको १५८४१६२० नम्बरको बंसजको नागरिकता लिएका छन् । उनीहरु सबै जनाको नाममा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको पूर्वी चम्पाहरण संग्रामपुर पञ्चायत इजरा गाउँ मठिया वडा नम्बर ४ मा जग्गा जमिन छ । साथै भारतीय नागरिकको परिचयपत्र समेत रहेको छ । 

    बैंकले पायो ऋणी दोहोरो नागरिकता भएको जानकारी 

    साविक एनबी बैंक तथा हालको नबिल बैंकबाट करोडौं रुपैया ऋण लिएका दोहोरो नागरिकताधारी गणेश साहका विषयमा उनका दाजु ब्यासप्रसाद साहले लिखित जानकारी दिएका छन् ।  साविक एनबी बैंक तथा हालको नबिल बैंक वीरगञ्जका शाखा प्रमुख सागेन्द्रभक्त प्रधानाङ्गलाई दाहोरो नागरिकता सम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालयमा चलिरहेको विषयमा जानकारी दिइएको हो । डायरी एक्सप्रेस साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार