Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  संसद बैठक काँँग्रेस नेता गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने 


    सोमबार, भाद्र ६ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । 

    संसद बैठकमा नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित हुने कार्यसूची रहेको छ ।  सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गरेपछि आजको बैठक अन्य विषयमा प्रवेश नगर्दै सकिने संसद सचिव गोपालनाथ योगीले बताए ।

    शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन पनि रहेको छ ।

    सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार