Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज भदौ ६ गते सोमवारको राशिफल


    सोमबार, भाद्र ६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सेयरको कारोबारमा नोक्सानी हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    गरेको कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    लाभ-हानी, सुख-दुःख, बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेस हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज प्रणय सम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार