काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयाजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी शुरु गरिएको आयोजकले जनाएको छ । जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताउनु भयो । उहाँले मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको बताउनु भयो । बञ्जाडेले मेलामा ग्राहकहरुले चुत्ता चप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताउनु भयो । उहाँले मेलामा सबै महिला,बालबालिका, पुरुष,कार्यालय प्रयोजनको लागि समेत जुत्ता चप्पलहरु पाउने बताउनु भयो । बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताउनु भयो ।
त्यस्तै मेला उदघाटन प्रश्चात कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली उत्पादनलाई सबैले प्रयोग गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली जुत्तामा विदेशी ब्राण्ड नभएर ब्राण्ड नेपाली लेख्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाली ब्राण्ड लेख्नको लागि वागमती सरकार सहयोगको लागि तयार रहेको बताउनु भयो । उहाँले नेपाली ब्राण्डका जुत्ता,कपडा विदेशमा माग हुने तर नेपालमा बजार नभएको भन्दै नेपाली उत्पादनको प्रचार बढाउनको लागि वागमती प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपाली वस्तु उत्पादनमा आत्मनिर्भर रहेका वस्तुहरु आयातमा प्रतिवन्ध लगाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताउनु भयो । उहाँले प्रदेश सरकारहरुले पनि उत्पादनको आधारमा उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । श्रेष्ठले नेपाली उत्पादन जुत्ता चप्पल विदेशी उत्पादन भन्दा कम नभएको बताउनु भयो ।
उहाँले सरकारले उद्योगको प्रोत्साहन गर्ने कुरा मुखले नभएर कामले गरेर देखाउनपर्ने बताउनु भयो । मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन । तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिएका छन । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ