Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई सचिवको सरुवाः पावरफुल पोखरेल उद्योगबाट सरुवा भएको १५ दिनमै सामान्यमा


    आइतबार, भाद्र ५ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  सरकारले २ सचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । उनको सरुवा २०७९ साउन १९ मै भए पनि पत्र भने आज बुझेका छन् । 

    साउन १९ मा उद्योग मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका अर्जुनप्रसाद पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । उनी उद्योगबाट सरुवा भएको १५ दिनमै सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् । उनले तुरुन्तै मन्त्रालयमा सरुवा हुनका लागि अतिरिक्तमा दरबन्दी राखेका थिए । 

    उनी बढुवा हुनासाथ मधेश प्रदेशमा पदस्थापन भए । मधेश प्रदेशको प्रमुख सचिवका रुपमा साइकल खरिदमा उनी समेत संलग्न थिए । तर मुद्दा भने तलका कर्मचारीलाई मात्र चलाई अख्तियारले प्रमुख सचिव पोखरेल र मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई उन्मुक्ति दिएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अख्तियारका तोयम रायलाई ल्याउन लागिएको भए पनि आयोगमा लाने सचिव नभएपछि उनी त्यहीँ बस्नुपरेको छ ।

    मधेश प्रदेशबाट प्रधानमन्त्री कार्यालय,लोकसेवा आयोग हुँदै उद्योग मन्त्रालयमा सरुवा भएका थिए । उद्योगबाट १५ दिनमै उनी सामान्यमा लगिएका छन् । जबकि पदावधि सकिन लाग्दा पनि सचिव केवल भण्डारीले अहिलेसम्म योजना आयोगमै थन्किएका छन् । मधुसुदन बुर्लाकोटी सार्वजनिक खरिद अनुगमन कार्यालयमै छन् । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला पनि मन्त्रालय नपाउनेमै पर्दछन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार