Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधुवन प्रकाशपुर सरोकार समाजको तीज तथा बिद्यार्थी सम्मान कार्यक्रम सम्पन्न


    आइतबार, भाद्र ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मधुवन प्रकाशपुर सरोकार समाजको तीज तथा एसर्ईई उर्तिण  बिद्यार्थी  सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुनसरी जिल्ला प्रकाशपुर मधुवन गाबिस घर भई हाल काठमाडौंमा बिभिन्न पेशा तथा ब्यबसाय गरेर बसेका ब्यक्तिहरुद्धारा काठमाडौं जिल्ला प्रशासन कार्यलयमा बिधिवतरुपमा दर्ता भएको मधुवन प्रकाशपुर सरोकार समाजले सामाजिक काम गर्दै आएको छ ।

     
    सरोकार समाजले हिजो भदौ ४ गते शनिवार बृहत तीज कार्यक्रम सम्पन्न गरेको छ । तीज कार्यक्रममा समाजले २०७८ को  एसईईमा उर्तिण बिद्यार्थी तथा हालै बैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्त भएकी राधिका कट्वाललाई सम्मान गरेको थियो ।
    कार्यक्रमा मधुवन सरोकार समाजलाई अतिथि तथा मधुवन निवासी परातत्व बिभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले आफ्नो  स्वर्गीय पिताको नामबाट अक्षयकोष  सञ्चालन गर्नेगरि रु. एक लाख एघार हजार एक सय एक (रु १०११०१) रुपैयाँको चेक समाजका अध्यक्ष निर बहादुर पौडेललाई हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा सरोकार समाजका सदस्य तथा अन्य सर्वसाधारणले पनि नगद  तथा जिन्सी सामान संस्थालाई  हस्तान्तरण गरेका थिए । कार्यक्रकमा २०० जना भन्दा बढिको उपस्थिति रहेको र कार्यक्रम सफल रुपमा सम्पन्न भएको संस्थाका बोर्ड सदस्य मिलन सिग्देलले बताएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार