काठमाडौं । पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई आजदेखि पहिलो मात्रामा फाइजर खोप दिइदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आज आइतबारबाट दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभित्रका ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौंदेखि १ असोजसम्म दोश्रो चरणको खोप पुन: सञ्चालन हुनेछ ।