Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी स्थायी समिति बैठक बिना निस्कर्ष नै सकियो ,पदाधिकारी टुंगो लगाउन सकस


    शुक्रबार, भाद्र ३ २०७९
    920
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निस्कर्ष सकिएको छ । 

    आज शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिएपनि बैठक निस्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागिसकेपनि निर्णय भने भइनसकेको बताएका छन् । उनले आगमी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए । माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपी पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन ।

    उनले भने, ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ । भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ । पदाधिकारीका विषयमा पनि करिव करिव टुंगिएको स्थिति छ । अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलि सम्मका लागि सरेको हो ।’

    पार्टी स्थायी कमिटीको अर्को बैठक शनिवार १ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार