Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप ज्ञवाली भन्छन्- संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजित गर्नु हुँदैन


    बिहिबार, भाद्र २ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता  प्रदीप ज्ञवालीले संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजित गर्न नहुने बताएका छन् ।

    आज बिहीबार प्रतिनिधि सभाको बैठकमा ज्ञवालीले टाउको गणना ठूलो नभएको बताउँदै विचारको पनि सम्बोधन समेत हुनुपर्ने धारणा राखे। ज्ञवालीले  सदनमा विचाराधिन विषय बन्द कोठामा दलका नेताले प्रतिनिधि सभाको अधिकारलाई संकुचित गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका हुन्।
    ज्ञवालीले  नागरिकता विधेयक जस्तो संवेदनशील विषयमा उठाएका विषयलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।  ज्ञवालीले राष्ट्रपतिले उठाएका विषयलाई सदनमा छलफल हुनुपर्ने बताए ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मामा फिर्ता गरेको नागरिकता विधेयक सदनमा छलफल हुनु पर्ने उनको अडान रहेको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार