काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भविष्यमा कुनै पनि जिम्मेवारी नदिनका लागि लिखित निर्देशन दिएका केदारनाथ घिमिरेलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउन प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिम्सिना मरिहत्ते गरेर लागेका छन् ।
घुस लिएर प्रश्नपत्र आउट र उत्तर नै लेख्ने जस्तो अपराधपूर्ण काममा विवादित घिमिरेले विदेशी बिज्ञहरुका कृति चोरेर आफ्नो नाममा किताव निकालेको तथ्य पनि खुलेको छ । उनलाई बौद्धिक चोरीको आरोपमा विश्वविद्यालय अनुदान आयोगले कालोसूचीमा समेत राखेको थियो । शिक्षाको धरोहर मानिने त्रिविमा यस्ता विवादित घिमिरेलाई नियुक्ति गर्न उनका ज्वाई तथा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना नै बालुवाटारमा धर्ना बसेका छन् ।
तिमिल्सिनाका नातेदार समेत रहेका घिमिरे त्रिवि सेवा आयोगको सदस्य हुँदा ४ बर्षअघि लिइएको ६७२ उपप्राध्यापकको परीक्षामा प्रश्नपत्र आउट गर्ने र घुस लिएर उत्तर समेत लेखेर दिने काममा संलग्न रहेको उजुरी राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियारमा परेको थियो । अख्तियारले त्रिविमा अयोग्य प्राध्यापक छनोट गरी शिक्षाको गुणस्तरमै प्रश्न खडा गर्ने कार्यमा संलग्न घिमिरेसहितलाई भविष्यमा कुनै जिम्मेवारी नदिन निर्देशन दिएको थियो ।
घिमिरेको विवादित छवि र अख्तियारको निर्देशन, कृति चोरीको आरोपमा विश्वविद्यालयले कालोसूचीमा राखेको बिषय मिडियामा आएपछि शिक्षा मन्त्री देवेन्द्र पौडेल उनलाई नियुक्ति नगर्ने अडानमा छन् । तर प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले भने रातदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई घिमिरेको नियुक्तिका लागि दबाब दिइरहेको बालुवाटार निकट स्रोतले बताएको छ ।
ससुरा बायोडाटा उपलब्ध गराउने, ज्वाई मोलमोलाई गर्ने
अघिल्लो पटक प्राडा केदार घिमिरे सेवा आयोगको सदस्य भएको बेला त्यहाँ फर्म भर्ने सबै उम्मेदवारहरूको ६ प्रति बायोडाटामध्ये एक प्रति वायोडाटा घिमिरेले जगत तिमल्सिनालाई उपलब्ध गराउने गरेको सूचना प्राप्त भएको छ ।
घिमिरेले दिएको वायोडाटाका आधारमा १ नं मा नाम निक्लन सक्ने प्राध्यापकहरूसँग समेत मेरो सहयोग चाहिन्छ कि चाहिंदैन भनेर जगत तिमल्सिनाले मोलमोलाई गर्दै घुस उठाउने गरेको कुरा पीडित प्राध्यापकहरूले गुनासो गर्ने गरेका छन् ।
योग्यहरुलाई अन्याय, ज्वाईलाई न्याय
केदार घिमिरे सेवा आयोगमा भएकै बेला २५ वर्ष विश्वविद्यालयमा पढाएका नेपाली कांगेसका नेता कृष्णप्रसाद सिटौलाका भाइ मेची बहुमुखी क्याम्पसमा कार्यरत होमप्रसाद सिटौला लगायत ४ जना शिक्षकलाई सहप्राध्यापकमा षडयन्त्रमूलक ढंगले अन्तर्वार्तामा असफल गराएको आरोप छ । अन्तर्वार्तामा अन्तर्वार्तामा न्यूनतम अंक पाउँदा पनि सिटौलासहित ४ जना नै सहप्राध्यापक हुने अवस्था थियो । जगत तिमल्सिनालाई ५८ जना मध्ये ५८ नं. मा सहप्राध्यापकमा उनै घिमिरेले बढुवा गराएर होम सिटौला सहितका प्राध्यापकलाई अन्यायमा पारेको कुरा आम प्रजातन्त्रवादी प्राध्यापकहरूबीच चर्चा छ । यो घटनाले सबै प्राध्यापकहरू केदार घिमिरे र तिमल्सिननाप्रति रूष्ट भएको पाइन्छ । यसरी अन्यायमा पारी क्यारियर बर्बाद पारिएका सिटौलाले यो पटक त सहप्राध्यापकमा सहभागी समेत नभएको बताए ।
घिमिरेमाथि गम्भीर आरोपः विदेशी विज्ञहरुका कृति चोरी
घिमिरेले आफैं प्राध्यापक हुने क्रममा कयौं विदेशी विज्ञहरूका कृति चोरी गरेका बारेमा यसअघि नै समाचार बनिसकेका छन् । नेपालफेसलाई प्राप्त थप जानकारी अनुसार त्रिवि विज्ञान तथा प्रविधि संकाय डिनको कार्यालयले प्राडा केदारनाथ घिमिरे समेतले कीर्ति चोरी गरेका सम्बन्धमा गठित छानविन समितिको ठहर यस प्रकार छः